भारतमा कोरोनाबाट ४३७ को मृत्यु, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं, ५ बैशाख । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २३ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो ।

जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।

कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । जहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको जनाइएको छ । दिल्लीमा १ हजार ६४० जनामा संक्रमण देखिँदा ३८ जनाको मृत्यु भइसकेको छ

मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने आठ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here