सीमामा थप कडाई: सशस्त्र प्रहरीले थप्यो अस्थायी पोष्ट

पप्पु गुरुङ्ग-
दोधारा, ५ बैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप कडाई गरिएको छ् ।

माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले झण्डै एक–एक किलोमिटरको दुरीमा सुरक्षाकर्मी खटाएको छ् ।

माहाकाली नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा १७ स्थानमा सुरक्षाकर्मीहरु खटाउ र रात दिन सुरक्षा दिईरहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

कोरोना भाइरस (कोभिड १९) को भारतमा संक्रमण देखिन थालेपछि सिमा क्षेत्रमा थप कडाई गर्न थालिएको बताईएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले झण्डै १ सय ५० बढी सुरक्षाकर्मी परिचालन गर्दै आएको छ् ।

सरकारले लकडाउन गरे संग सिमा क्षेत्रमा भाइरसको संक्रमण रोक्न सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीको मातहतमा रहने गरि ४ वटा अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरेको छ् ।

माहाकाली नगरपालिका वडा नं. १ को गौरी शंकर मध्यवती सामुदायिक बन कार्यालय, नगर सिचाई कार्यालय, वडा नं. ८ को जनज्याती माध्यमिक बिद्यालय, वडा नं. १० को ओंमकार आधारभुत बिद्यालयमा अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाको नेपाल–भारत झण्डै ३५ किलोमिटर खुला सिमा पुर्णरुपमा सिल गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीलेका प्रहरी निरिक्षक रामसिंह भण्डारीले बताएका छन् ।

‘माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्र पुर्णरुपमा लक गर्नुको साथै लकडाउनको पालनाको लागी अभियान समेत संचालन गरेका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले भने । सशस्त्र प्रहरीको मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गर्दै आएका छन् ।

अन्य क्षेत्र भन्दा माहाकाली नगरपालिकाको सीमा क्षेत्रको अवस्था हाल अति संवेदशिल हुदै आएको छ् । ‘नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपाल तिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ्’ मााहकाली नगरपालिकाका नगर प्रशक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले भने– ‘माहाकाली नगरपालिकामा सशस्त्र प्रहरीको प्रहरी निरिक्षक राम सिंह भण्डारीजीले निकै राम्रो काम गर्नु भएको हामीले महशुस गरेका छौं ।’

माहाकाली नगरपालिकामा कोभिड १९को संक्रमण फैलिन नदिन सशस्त्र प्रहरीले निकै राम्रो भुमिका निर्वाह गर्दै आएको मााहकाली नगरपालिकाका नगर प्रशक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको भनाई रहेको छ् ।

सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमा क्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको स्थानियहरुको भनाई रहेको छ् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सीमा क्षेत्र, संगै बजार, आन्तरिक सुरक्षा र अस्पताल तथा बैंकहरुको सुरक्षा समेत गर्दै आएको छ् । सशस्त्र प्रहरीले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य गरिरहेको छ् । माहाकालीको खुला सिमामा पर्ने खोला नाला, बगर, बन जंगल र वस्तीमा समेत गस्ती तथा निगरानी बढाउदै आएको सशस्त्र प्रहरीले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here