टाटाको कमर्सियल गाडीहरुमा निःशुल्क वारेन्टी अवधि दुई महिना थप

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहकमा पर्न गएको असरलाई मध्यनजर गर्दै टाटाको सबै कमर्सिअल (ठूला) गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ।

कम्पनीले जनाएअनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यकबाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन नपाएको हुनाले निःशुल्क वारेन्टीको अवधि बढाएको हो।

यदि टाटा कमर्सियल गाडीेको वारेन्टी अवधिको म्याद १५ मार्च, २०२० भन्दा पछि सकिएको छ भने स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरुअन्तर्गत सवारीको वारेन्टी अवधि ६० दिनको लागि थप गरिएको भनी जानकारी प्राप्त भएको सिप्रदीले जनाएको छ।

छोटो सन्देश दिँदै सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकहरुलाई चिन्ता नलिई आफू र आफ्ना परिवारजनको ख्याल राख्नुहोस् भन्न चाहन्छु । तपाईंको गाडीको ख्याल राख्ने जिम्मेवारी हाम्रो हो।’

यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियमपालना गर्दै आकस्मिक सेवा प्रदान गर्दै आएका सवारीसाधनहरुको लागि चौबीसै घण्टा सेवा दिइरहेको छ । हालसम्म २३० भन्दा बडी आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइसकेको कम्पनीले जनाएको छ।

केही परिआएको अवस्थामा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीका डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुन्छ ।

अहिलेको अवस्थाअसहज परिस्थितिहो तर पनि साहस र सावधानीका साथ सामना गर्नु पर्दछ ।हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्तिजिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here