इन्टरनेट सेवा प्रदायकले शुल्क नतिरेपनि लकडाउनभरि इन्टरनेट काट्न नपाउने

काठमाडौं, ५ बैशाख । बिल तिर्ने म्याद सकिए पनि सेवा प्रदायकले ग्राहकको इन्टरनेट काट्न नपाउने भएका छन् ।

कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन भुक्तानीका लागि उत्प्रेरित गर्न र अनलाइन पनि भुक्तानी गर्न नसक्ने भएमा लकडाउन पछि बिलम्ब शुल्क नलगानइ भुक्तानी लिन प्राधिकरणले सेवाप्रदायकहरुलाई निर्देशन दिएको हाे ।

लकडाउनका क्रममा नागरिक घरभित्र बस्नुपरेको र इन्टरनेट अति आवश्यक सेवा भएकाले कुनै पनि बहानामा ग्राहकको लाइन काट्न नहुने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here