तीन दिनयता नयाँ कोरोना संक्रमित देखिएन् -स्वास्थ्य मन्त्रालय

काठमाडौं, ५ बैशाख । देशभित्र बितेको तीन दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् ।

संक्रमितको संख्या १६ नै रहेकोमा १५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना नीको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नथपिएको बताए । पछिल्लो समय टेष्टको दायरा बनाइएको समेत बताए ।

उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए ।

जसमध्ये ५ जना धनगढी, ४ जना वीरगञ्ज, दुई जना टेकु, दुई जना पाटन, दुईजना धौलागिरी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ।

यसअघि १३ स्थानमा कोरोना भाइरसको आरटीपिसिआर प्रविधिबाट परीक्षण सुरु भइसकेको छ। सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट सुरु भएको यस्तो परीक्षण पाटनमा सुरु भएपछि १४ स्थानमा पुग्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here