स्थानीय तहका सबै कर्मचारीलाई कार्यालय हाजिर हुन निर्देशन

काठमाडौं, ५ चैत । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सथानीय तहका कर्मचारीलाई अनिवार्य कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

कोरोना माहामारीको अवस्थामा जनतालाई प्रत्यक्ष रुपमा सेवा पुर्याउनुको साथै स्वास्थ्य सामाग्री खरिद तथा वितरण गर्नु पर्ने हुनाले उक्त निर्देशन दिएको हो ।

विशेष परिस्थितीले क्षेत्रभन्दा बाहिर रहेका कर्मचारीले पासको व्यवस्था गरेर अनिवार्य कार्यालय हाजिर हुनको लागि सूचना मार्फत आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here