तीन जिल्ला घुमेका थिए उदयपुरमा भेटिएका १२ जना संक्रमित

काठमाडौं, ५ बैशाख । कोरोना भाइरसको नयाँ संक्रमित एकै दिन १४ जना थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३० पुगेको छ । उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ।

उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना भारतीयले मंसिर २५ गते नै नेपाल प्रवेश गरेको प्रहरी जनाएको छ ।

१२ जनाको सो समुहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएको स्रोतले जनाएको छ ।

उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए। उनीहरु शिवाई र भुल्केका मस्जिदमा सहभागी भएको प्रहरीले जनाएको छ।

संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ।

को को थपिएका नयाँ संक्रमित

१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय पुरुष
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय पुरुष
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय पुरुष
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय पुरुष
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय पुरुष
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय पुरुष
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय पुरुष
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय पुरुष
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय पुरुष
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय पुरुष
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय पुरुष
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय पुरुष
२९. २७ वर्षका युवक राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए ।
३०. ६३ वर्षीया महिला राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here