कोरोनाबाट एक लाख ५४ हजारको मृत्यु, संक्रमितको संख्या साढे २२ लाख नाघ्यो

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाख नाघेको छ । संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ।

शनिबार बिहानको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको तथ्यांकमा उल्लेख छ।

यसैबीच कोरोना संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भएको वल्र्डओमिटरले जनाएको छ।

हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १५ लाख २४ हजार ३ सय १ जना कोरोना संक्रमित उपचाररत छन्। उपचाररतमध्ये ५६ हजार ९ सय ६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र १४ लाख ६७ हजार ३ सय ३८ जनाको अवस्था सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here