दोस्रो कोरोना संक्रमित युवतीको रिपोर्ट नेगेटिभ

काठमाडौं, ६ बैशाख । नेपालमा दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवतीको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ। चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि भर्ना भएकी थिईन् ।

केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको छ। दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट आज आउने र त्यसमा पनि कोरोना नेगेटिभ देखिए डिस्चार्ज गरिने अस्पतालले गर्ने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here