कोरोना उपचार कोषमा सूर्या लाइफ इन्स्योरेन्सको ७ लाख ५० हजार सहयोग

काठमाडौं, ६ बैशाख । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसको महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग स्वरुप ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएकोे छ।

कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारका लागि उक्त लाइफ इन्स्योरेन्स सहयोग स्वरुप यस्तो रकम प्रदान गरेको हो।

साथै, उक्त इन्स्योरेन्स कम्पनीले सरकारले तोकेको लकडाउनको अवधिमा घरमै बसी धैर्यता तथा संयमता प्रस्तुत गरी संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणमा आ-आफ्नो दायित्व महसुस गरी देशब्यापी अभियानमा साथ दिन हाम्रा सम्पूर्ण ग्राहक, अभिकर्ता, विमित तथा सर्वसाधारणमा हार्दिक अपिलसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here