थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं, ६ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार ६५ वर्षीय पुरुषमा पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३१ पुगेको छ।

हालसम्म ३ जना संक्रमित उपचारपछि निको भइसकेको छन् । शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here