कोरोनालाई जितेर बाग्लुङकी ६५ वर्षीया महिला डिचार्ज

काठमाडौं, ६ बैशाख । नेपालमा एकैदिन दुई जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन्। बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी हुन्।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनलाई शनिवार साँझ डिचार्ज गरिएको छ ।

फ्रान्सबाट आएकी १९ वर्षीया कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट शनिबार घर फर्किएकी छिन्।

उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएसँगै अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो ।

गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।

महिलाले आफूले ठूलो आत्मविश्वासका साथ यो रोगसँग लडेको बताइन्। उनले भनिन्, ‘एकदमै खुसी लागेको छ। संसारलाई हल्लाएको रोगलाई जित्न सकेँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here