कोरोना मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो, एकैदिन ८१ हजार संक्रमित थपिए

काठमाडौं, ७ बैशाख। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ ।

२३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका छन्। जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् ।

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ ।

अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् । १५ लाख ७३ हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५०५ जनाको ज्यान गएको छ । ८१ हजार २८७ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमितमध्ये अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ५ लाख ९६ हजार ६ सय ८७ पुगेको छ। एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here