जनप्रतिनिधिको गैरजिम्मेवारीपनले छुटे क्वारेन्टिनमा राखिएका ७ जना

गोरखा, ७ बैशाख । जनप्रतिनिधिको गैरजिम्मेवारीपनको कारण सरकारले तोकेको मापदण्ड विपरित क्वारेन्टिनमा बसेको व्यक्ति छुटेका छन् ।

सहिद लखन गाउँपालिका वडा नम्बर ७/८ का वडा अध्यक्ष शरण श्रेष्ठ र काशीनाथ अंगाईले स्थानीय दबाब भन्दै क्वारेन्टिनमा राखिएका ७ जनालाई छोडिदिएका हुन् ।

विहीबार क्वारेन्टिनमा राखिएका सातै जनालाई स्थानिय दबाब आएसंगै शनिबार करेन्टाइनबाट निकालिएको दुवै वडा अध्यक्षले स्विकार गरेको गाँउपालिका अध्यक्ष रमेश बाबू थापाले बताए ।

दुवै वडा अध्यक्षलाई आइतवार बस्ने गाँउपालिकाको बैठकपछि कस्तो कारबाही गर्ने निर्णय हुने समेत उनले बताए ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिक सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि २१ दिन सम्म क्वारेन्टाइन बस्नु पर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here