व्यक्तिगत रकमबाटै वडा अध्यक्ष सिजालीले दिए बादी बस्तीमा राहत (फोटोफिचर)

पप्पु गुरुङ्ग

दोधारा, ७ बैशाख । माहाकाली नगरपालिका वडा नं. ६ का बादी बस्तीमा राहत बितरण गरिएको छ् ।

बादी बस्तीमा अवस्थालाई ध्यानमा राख्दै माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिवजालीले आफ्नो व्यक्तिगत रकमबाट ४ घरधुरीका २० जना परिवारलाई राहत दिएका छन् ।

माहाकाली नगरपालिका वडा नं. ६ महाकाली नदी नजिक बस्दै आएको बादी बस्तीमा चामल, दाल, नुन वितरण गरिएको माहाकाली नगरपालिका वडा नं. ६ कार्यालयले जनाएको छ ।

लकडाउनको कारण उनिहरुको पेशामा असर परेको भन्दै खानको लागी निकै समस्या पर्दै आएकोले वडा अध्यक्ष दिल बहादुर सिजालीले सहयोग गरेकोमा वडा अध्यक्षलाई धन्यबाद दिएका थिए ।

पिडाको बेला वडा अध्यक्ष सहारा बनेको बिनोद बादीले बताएका छन् । ‘यस्तो अवस्थामा हाम्रो लागी वडा अध्यक्ष दिल बहादुर सिजालीजी गरेको सहयोग हामी कहिल्यै बिर्सदैनौं’ बिनोद बादीले बताए ।

बितरण कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा सदस्य भुवन आले मगर, सनसेट युथ भोलेन्ट्रि युृथ ग्रुप माहाकालीका संयोजक रमेश भण्डारी लगाएको सहभागिता रहेको थियो ।

माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले माहाकाली नगरपालिका कार्यालयले बितरण गर्ने भनिएको खाद्यान्न ढुवानीमा ढिलाई भएको हुदा बादी बस्तीमा चुल्हा नजल्ने अवस्था भएको कारण आफ्नो रकमले उनिहरुका लागी थोरै दिनको लागी भएपनि खाद्यान्न उपलब्ध गराएको बताएका छन् ।

‘लकडाउनको बेला खानको समस्या हुन दिदैनौं’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले भने ।

मादल बनाएर बिक्री गर्ने तथा दिन भरी गाँउ घरमा मागेर साँझ बिहानको छाक टार्ने माहाकाली नगरपालिका– ६ बादी समुदायका ४ घरधुरीका २० परिवार लकडाउनमा घरैमा बस्दै आएका छन् । कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि उनिहरुको गाँउ बस्तीमा चाहारेर मागी खाने दैनिकी बन्द भएको छ् ।

बर्दियाबाट २०५१ सालमा उक्त स्थानमा बसेको बेला ९ घरधुरीका करिव ५० परिवारजन बस्दै आएका हुन् । मादलको लागि चाहिने काठ र छाला समेत नपाउदा उनिहरु मादल बनाउने कार्य ठप्प भएको बादी समुदायका एक अगुवा लोक बहादुर बादी बताँउछन् ।

सरकार र संघ संस्थाहरुले माहाकाली नगरपालिकाका बादी परिवारका समस्या बुझ्न नचाहेको उनिहरुको गुनासो रहदै आएको छ् । माहाकाली नगरपालिकामा स्थानिय सरकार आएपछि केही हद सम्म राहत महसुश भने गर्दै आएका उनिहरु बताउँछन् ।

नदी र बन जंगल किनारामा बसोबास सुरु गर्दै आएका बादी समुदायलाई साँझ बिहान छाक जुटाउन र एकसरो कपडा जुटाउन कठोर संघर्ष गर्दै आएको उनिहरुले बताउँछन् ।

खोजी पत्रकारको नजरबाट पनि यो समुदाय लुकेको छैन् । उपन्यासकारहरु र कथाकारहरुले उनिहरुको प्रणय गाथाहरुको पुस्तक लेखेर प्रकाशकहरुको खल्ती र नाम कमाउन पछि परेका छैनन् ।

कोभिड १९ माहाकाली नगरपालिकामा रहेका अति बिपन्न तथा गरिब परिवारलाई खाद्यान्न बितरण कार्यको अघि बढाईने बताईएको छ् ।

कैलालीबाट खाद्य सामग्री ढुवानी गर्नु पर्ने भएको र महाकाली नदीको बहाव तिब्र भएको कारण केही दिन अघि बितरण गर्ने भनिएको खाद्य सामग्री बितरण गर्न नसकिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here