व्यवसायी सुलभ अग्रवाल थप १० दिन थुनामा

काठमाडौं, ७ बैशाख । जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको हो ।

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here