कैलालीका २१ वर्षीय युवक जिते कोरोना

काठमाडौं, ७ बैशाख । कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस लाई जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको आइतबार डिस्चार्ज हुँदैछ।

कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्।

उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार ४ बजेपछि घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here