कोरोनाबाट भारतमा एकै दिन ३८ जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार

काठमाडौं, ८ बैशाख । भारतमा आइतबार एकै दिन १२ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।
तथ्याङ्कअनुसार भारतमा सोमबार बिहान ६ बजेसम्म संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा ३८ जनाले ज्यान गुमाएका छन्। शनिबारको तुलनामा आइतबार भारतमा कोरोनाका नयाँ बिरामी कम देखिएका छन्।

आइतबार भारतमा १ हजार २ सय ५० जना कोरोना भाइरसका नयाँ संक्रमित देखिएका थिए भने ३८ जनाको मृत्यु भएको थियो। शनिबार एकैदिन भारतमा २ हजार १३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन भारतमा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको थियो।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ भने ५ सय ५९ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा २ हजार ८ सय ५४ जना कोरोनाका बिरामी उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले भारतमा १४ हजार २ सय २ जना कोरोना भाइरसका बिरामी उपचारत छन्, जसमध्ये १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। भारतमा पछिल्ला दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here