गुल्मीमा आगलागी हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं, ८ बैशाख । गुल्मीमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कस्थित पूर्ण बहादुर खनालको घरमा आगलागी हुँदा १६ वर्षीय समिर खनालको मृत्युभएको हो।

घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले बताए । पूर्णबहादुरका कान्छा छोरा हुन् । पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा परी गम्भीर घाइते छन्।

जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगाएका छन् । दुवै जना घाइतेको उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here