सात पालिकामा बैंक पुग्न बाँकी, शाखा संख्या ९६४० पुग्यो

काठमाडौं, ८ चैत । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७६ फागुनसम्ममा नेपालका ७ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ फागुन मसान्तमा १ सय ६२ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ रहेकोमा २०७६ फागुन मसान्तमा ९ हजार ६ सय ४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here