कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो, संक्रमितको संख्या २५ लाख

काठमाडौं, ९ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ । तथ्याङ्कअनुसार सोमबारसम्म कोरोना कारण विश्वमा १ लाख ७० हजार ४ सय २३ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये हालसम्म ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले विश्वमा उपचारत कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ६३ हजार ९ सय २८ रहेको छ। उपचारतमध्ये ५६ हजार ७ सय ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने १६ लाख ७ हजार १ सय ६३ जनाको अवस्था सामान्य छ।

त्यस्तै संक्रमितको संख्या २५ लाख नजिक पुगेको छ । विश्वका २४ लाख ८१ हजार ०२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड,पोर्चुग र भारत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here