मेडिकल सामग्री ल्याउन सेनाले गर्‍यो एक करोड ८४ लाख डलरमा सम्झौता

फाइल फोटो

काठमाडौं, ९ बैशाख । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको छ ।

नेपाली सेनाले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतको स्वास्थ्य सामग्री ल्याउनको लागि एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा सम्झौता गरेको हो ।

सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो।

सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने सैनिक स्रोतले जनाकारी दिएको छ । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने छ । चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here