प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई स्वास्थ्य सामग्री हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा, १० बैशाख । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. गगन चौधरी तथा स्वास्थ्यकर्मीलाई नेपाल समाज कल्याण संघले स्वास्थ्य सामग्री सहयोग गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् ।

१ थान थर्मल गन, ३५ प्याकेट ग्लबस, ५ प्याकेट मास्क, ५ कार्टुन साबुन, १ कार्टुन हेण्डवास, १ काटुन सेनिटाईजर, १ थान पिपिइ सेट लगाएत स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनारले बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सुनारले नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) ले स्वास्थ्य सामग्री सहयोग गरेको जनाएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उक्त सामग्री हस्तान्तरण गरेको नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

माहाकाली नगर क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको स्वास्थ्य अवस्था र बिश्वभरी संक्रमणरुपमा देखा पर्दै आएको कोभिड १९ लाई नियन्त्रण तथा रोकथाम गर्न सहयोगको उद्धेश्यले संस्थाले सहयोग गरेको नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनारले बताएका छन् ।

आमागी दिनमा समेत यस क्षेत्रका स्थानियहरुको स्वास्थ्यमा थप सुरक्षित गर्न संस्थाले भूमिका निर्वाह गर्न पहल थाल्ने समेत उनले बताएका छन् ।

प्रथामिक स्वास्थ्य केन्द्र दोधाराका डा चौधरीले केन्द्रमा स्वाथ्य सामग्रीको अभाव रहदै आएको बेलामा नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) ले गरेको सहयोग निकै स्रहानिय रहेको बताउदै आगामी दिनहरुमा माहाकालीबासीको स्वास्थ्य अवस्थालाई मध्य नजर राख्दै संस्थाबाट सहयोगको अपेक्षा राखेको बताएका छन् । संस्थामा स्वास्थ्य सामग्री अभाव रहदै आएको बेला संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै धन्यबाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here