बागलुङकी कोरोना संक्रमित १९ वर्षीया किशोरीको पाचौं रिपोर्ट नेगेटिभ

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत १९वर्षीया किशोरीको रिपोर्ट नेगेटिभ आएको छ।

चैत १५ गतेदेखि आइसोलेसन वार्डमा उपचाररत उनको पाचौं रिपोर्ट नेगेटिभ आएको हो।

लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएपनि बुधबार लिईएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको स्रोतले जनाएको छ ।

उनको पोेखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वाब परीक्षण गरिएको हो । गएको चैत ४ गते कतार एयरवेज मार्फत बेल्जियमबाट नेपाल आएकी उनी २६ दिनदेखि अस्पतालमै उपचाररत छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here