देशभर ४७ हजार बढीको कोरोना परीक्षण, १२ हजार ९८५ क्वारेन्टिनमा

काठमाडौं, १२ बैशाख । नेपाल देशभर १२ हजार ९८५ क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा छन्

हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको

९ हजार ४ सय ७ जनाको पिसिआर र ३८ हजार ८९ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन। संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार बागलुङमा १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना संक्रमित उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here