अजोड इन्स्योरेन्सद्वारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बिमा

काठमाडौं, १२ बैशाख । अजोड इन्स्योरेन्सद्वारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बिमालेख जारी गरेको छ ।

बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १२५७ जना कर्मचारीहरुका लागि एक लाख बिमाड्को बिमालेख खरिद गरेको हो ।

सो बिमालेखले कोरोना भाइरस (कोभिड -१९) को संक्रमण भएको भनि पीसीआर पोजिटिभ पुष्टि हुनासाथ बिमाड्ढ रकम बराबरको एक लाख बिमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ ।

उक्त बिमालेखवापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय बिमा शुल्क भुक्तानी गरेको छ ।

साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्था लि. का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बिमाड्ढको कोराना बिमालेख जारी गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here