काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १३ बैशाख । काठमाडौंबाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिवासमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शविबार बिहान ४ बजे बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने स्थानमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बसको सहचालक तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा ३५ यात्रु सवार थिए। लकडाउनको कारण राजधानीमा अलपत्र परेका मजदुर लिएर जाँदै गरेको बस सडकछेउको नालीमा खस्न पुगेको थियो।

चालक फरार रहेकाले बस के कारणले दुर्घटनामा पर्‍यो भन्ने खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here