राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको बढुवा

काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका तीन जनाको बढुवा भएको छ ।

राष्ट्र शुक्रबारको निर्णयले निमित्त कार्यकारी निर्देशकको भुमिकामा रहँदै आएका रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

बढुवा भएका तीनै जनालाई पुरानै जिम्मेवारी अनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here