२४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा हाल सम्म ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण भएको छ।

आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको परीक्षण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विववरण अनुसार पछिल्लो २४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण गर्दै सबै रिपोर्ट नेगेटिभ आएको छ।

अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार सात सय ३१ जना छन् जसमध्ये सबैभन्दा बढी सात हजार बढी सुदूरपश्चिममा छन्। उपत्यकामा ३ र बाहिर ८४ गरेर देशभर ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ।

अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here