क्वारेन्टिनमा बसेका व्यक्तिमा औलोको संक्रमण, स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, १३ बैशाख । क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको छ ।

क्वारेन्टिनमा रहेकाहरुको परीक्षण गर्दा केहीको रिपोर्टमा औलोको पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

गर्मीयाममा यसको प्रकोप देखिने गरेकाले क्वारेन्टिनस्थल व्यवस्थित बनाउन उनले सबैलाई आग्रहसमेत गरे ।

अहिलेको अवस्थामा गर्भवती महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । औलो लामखुट्टाको टोकाइबाट हुन्छ ।

विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ ।

औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here