पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौ, १४ बैशाख । पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पक्राउ परेका उपाध्यायविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको हो।

प्रहरी सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार उपाध्यायविरुद्ध मुद्दा दायर गरेको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

सरकारी वकिलको कार्यालयले पूर्वसचिव उपाध्यायलाई पाँच वर्षसम्म कैद सजायको माग गरेको छ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पूर्वसचिव उपाध्यायलाई गत बुधबार राति प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here