भारतमा आज दोस्रो चरणको निर्वाचन, ९५ सिटका लागि आज मतदान

जम्बु कास्मिरमा नव विवाहित जोडी मतदान पछि तस्वीर साभार / एएनआई

काठमाडौं, ५ बैशाख । भारतमा चैत २८ बाट शुरु भएको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान शुरु हँुदैछ । बिहान ७ बजेबाट मतदान शुरु भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भावि प्रधानमन्त्री तय गर्ने यो निर्वाचन सात चरणमा सम्पन्न हुनेछ ।

चैत २८ मा शुरु निर्वाचन मे २९ (जेठ ५)मा सकिने भारतीय निर्वाचन आयोगले उल्लेख गरेको छ । बिहीबार ९५ सिटका लागि मतदान जारी छ । अहिले १२ राज्यमा मतदान भइरहेको छ ।

भारतमा बालिग मताधिकार प्रयोग गर्ने मतदाताको संख्या करीव ९० करोड छ । उनीहरुले आगामी ५ वर्षका लागि प्रत्यक्ष सांसद चयन गर्नेछन् । भारतीय संसदमा बहुमत ल्याउन २ सय ७२ सीट जित्नुपर्छ । अघिल्लो निर्वाचनमा भाजपाले २ सय ८२ सीट जितेर एकलौटी सरकार चलाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here