थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, १४ बैशाख । नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै संक्रमितको संख्या ५२ पुगेको छ । नयाँ संक्रमित झापाका ५० बर्षीय पुरूष हुन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर फर्कि सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here