लकडाउन २५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,१४ बैशाख । सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवासमा बालुबाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

शनिबार बसेको उच्चस्तरीय समितिले लकडाउनको अवधि एक साता बढाउन मन्त्रिपरिषद्‌मा सिफारिस गरिसकेको थियो ।

समितिले पठाएको लकडाउनको मोडालिटीबारे पनि मन्त्रिपरिषद्ले छलफल गरी १० दिन साता बढाउने निर्णय गरेको हो । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।

सरकारले चैत ११ गते पहिलोपटक सात दिन लकडाउन घोषणा गरेको थियो। पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो ।

चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here