सीमानाका बैशाख ३१ सम्म बन्द, कोरिया जाने कामदारलाई अनुमति दिने

काठमाडौं, १४ बैशाख । मन्त्रिपरिषद बैठकले ईपीएसमार्फत दक्षिण कोरिया कामदार लैजान दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले दुई देशको सहमतिमा कामदारलाई जान अनुमति दिने निर्णय गरेको छ। चार वर्ष अवधिका लागि कोरिया रोजगारीमा गएका १ सय ४९ नेपाली श्रमिक हाल बिदामा नेपालमै छन् ।

कोरोनाको संक्रमण नेपालमा फैलिनुअघि बिदामा नेपाल आएका श्रमिकले आफूहरुको बिदा अवधि सकिन लागेको भन्दै सरकारलाई कोरिया जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

तर यो निर्णय बिदामा आएका कामदारको लागि हो कि नयाँ कामदारको लागि भन्ने खुलाईएको छैन् ।
यसअघि सरकारले दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप बढ्दै गएपछि फागुन १८ गतेदेखि कामदार पठाउन रोकेको थियो ।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय सीमानाका वैशाख ३१ गतेसम्मलाई बन्दै राख्ने निर्णय गरेको छ। बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो।

बाह्‍य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here