लकडाउन थप कडाइ गर्न निर्देशन, अलपत्र यात्रु ओसारपसारमा रोक

काठमाडौं, १५ बैशाख । गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।

गृहले जारी गरेको परिपत्रमा कुनै पनि सवारी साधनलाई सम्वन्धित निकायले जारी गरेको सवारी पास बिना आवत-जावत रोक लगाउन भनिएको छ।

स्रोतका अनुसार पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न रोक लगाउन निर्देशन दिएको हो ।

केहिदिन यता नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।

केहि दिन अघि सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै महीना दिनसम्म घरभित्र बसेका नागरिकहरू प्राणघातक महामारी संक्रमणको कुनै परवाह नगरी घर जान भनि एक्कासी सडकमा उर्लिएका थिए ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here