सर्वपक्षिय भूमिका सहितको सहमतीय वातावरण बनाऔं – पूर्वराजा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वपक्षीय भूमिकासहितको सहमतीय बाताबरण बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीट मार्फत देश कोरोना महामारी र राजनीतिक अन्योलताले गम्भीर संकटतर्फ गइरहेको बेला पूर्वराजाको यस्तो प्रस्ताव गरेका हुन् ।

ट्वीटमा भनेका छन्-‘कोरोना महामारीका कारण प्रवाभित अर्थतन्त्र र असीम वेरोजगारीको सकुशल व्यवस्थापन, वैदेशिक प्रभावले हाल देशमा सृजित राजनैतिक ध्रुविकरणको निराकरण र सर्वपक्षिय भूमिका सहितको सहमतीय वातावरण अब तयार गर्न नसके देशको भविष्य अन्यौलता तर्फ जाने निश्चित प्रायः भैसकेको तथ्यलाई नकार्न सकिन्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here