काठमाडौं, १५ बैशाख । नेपालमा अब निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण पिसिआर गर्न पाउने भएका छन्।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् ।
तर यसका लागि मन्त्रालयबाट छुट्टै स्वीकृति भने लिनुपर्ने उनको भनाइ छ।
हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो । यसका साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको पिसिआर परीक्षण सुरु भएको उनले बताए।