१० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण, ३ सय ४ जना रेडजोनमा

काठमाडौं, १५ बैशाख । नेपालमा हालसम्म ५३ हजार ५३४ जनाको परीक्षण भएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए अनुसार १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

आरडीटीबाट ४३ हजार ६३ जनाको परीक्षण भएको छ । यीमध्ये ५२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किसकेका छन्।

हाल अस्पतालमा रहेका ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ ।

क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here