भाटभटेनी सुपर मार्केटलाई तीन लाख जरिबाना

फाइलफोटो

काठमाडौं, १५ बैशाख । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार उपत्याकामा सञ्चालित चार पसललाई कारबाही गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारबाहीस्वरुप जरिबाना गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिबाना गरिएको छ।

खरीद मूल्य प्रतिगोटा १ सय २० रुपैयाँ रहेकामा भाटभटेनीले २ सय २० रुपैयाँ लिएको पाएपछि कारबाही गरिएको उनले जानकारी दिए।

उनका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिबाना गरिएको छ। भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भनेता पनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारबाही गरिएको हो।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई पचास हजार रुपैयाँ जरिबाना गरिएको छ। ती चार पसललाई आज कारबाही गर्दा छ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here