गोरखा बुंकोटको क्वारेन्टिनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

गोरखा, १५ बैशाख । गोरखाको सहिद लखन गाउँपालिका स्थित बुंकोटको क्वारेन्टिनमा राखिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टिन राखिएको १९ जनामा कोरोना नेगेटिभ आएपछि सोमबार सबैलाई घर पठाईएको गाँउपालिका अध्यक्ष रमेश बाबू थापाले बताए ।

सरकारले तोकेको क्वारेन्टिनको समयसिमा अवधिभर बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । घर फर्किएका सबैको स्वास्थ्य अवस्थाबारे जानाकारी लिइरहने थापाले बताए ।

शहिद लखन गाँउपालिकाले देश तथा विदेशका कुनैपनि स्थानबाट आएका स्वदेशी तथा विदेशी नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टिन राखेको थियो ।

लकडाउन पछि कुनैपनि अन्य स्थानबाट घर फर्केका स्थानीय नागरिकलाइ पनि क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here