पसलको भीड थाहा पाउन ‘सोसल डिस्ट्यान्सिङ एप’, कसरी गर्ने प्रयोग ?

काठमाडौं । विश्वप्यापी कोरोना भाइरसको सन्त्रासबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि एक महीनादेखि हामी घरभित्रै छौँ ।

कोरोनाको त्रासमा पनि दैनिक उपभोग्य वस्तुको खरीद गर्न घरबाहिर निस्कुनपर्ने तपाईं हाम्रो बाध्यता छँदैछ । त्यसमाथि विक्रेताकहाँ हुने अस्वभाविक भीडको चिन्ताले पनि सताईरहेको छ ।

स्वतःस्फूर्त रूपमा सामाजिक दुरी कायम गर्न हिचकिचाउनेहरूसँग यतिबेला जोगिनै मुश्किल छ ।

यिनै समस्याको समाधान गर्न एप्लिकेशन बजारमा नयाँ एप्स ‘सोसल डिस्टान्सिङ एप’ थपिएको छ ।

बिगत १२ वर्षदेखि सूचना तथा प्रविधि र सुरक्षाको क्षेत्रमा निरन्तर क्रियाशील प्याशन सेक्युरेटी सोलुशन प्रालिले यो एप आफ्नो पर्टनर कम्पनीको सहयोगमा Myciti एप निर्माण गरेको हो । निर्माण गरेको हो ।

लकडाउन कायम रहँदा होस् वा लकडाउन खुलेपछि सामाजिक दुरी कायम गर्न मद्दत पुर्याउने उद्देश्यले एप निर्माण गरेको कम्पनीका सञ्चालक ज्ञानेन्द्र भट्टराई बताए ।

सामाजिक दुरी कायम राख्दै सामान खरीद तथा विक्रीमा एपले सुरक्षा प्रदान गर्छ । संसारबाट कोरोना भाइरस संक्रमणको सम्भावना निर्मुल नभएसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हाम्रो दैनिक जीवनको बाध्यता र चुनौतीलाई एपले सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।

कसरी काम गर्छ त यो एपले

एप स्टोरमा उपलब्ध एप मोबाइलमा इन्स्टल गरी सबैभन्दा पहिला व्यवसायीले आ–आफ्नो विभिन्न प्रकारको व्यवसाय र खरीदकर्ताले व्यक्तिगत विवरण जरिजस्टेशन (दर्ता) गर्नुपर्नेछ ।

दर्तापछि क्रेता र विक्रेताबीच एपबाटै पसलको भीडभाड र अन्य स्थितिबारे सूचना आदानप्रदान गर्न सहज हुनेछ । जसका लागि सामान खरीदकर्ताले टोकन नम्बर (पालो) जेनरेट गर्नेछन् र उक्त जानकारी सम्बन्धित खाद्य स्टोरमा पुग्छ ।

त्यसपछि खाद्यस्टोर लगायतका सबै किसिमका पसलमा पालैपालो टोकन कल गरी सामान खरीद गराउनेछन् ।

एप्लिकेशनले तपाईंको बसोबासस्थलबाट सबैभन्दा नजिकको किराना पसल, भेजिटेबल सप वा डेरीलगायत खाद्य स्टोर लगायत जहाँ पनि भीड लाग्छ त्यहाँका लागि प्राथमिकता दिनेछ ।

पसलसम्म पुग्ने दुरी र स्थानको बारेमा यसले स्पष्ट जानकारी दिनेछ । सामाजिक दुरी कायम गर्न सहज हुने यो एप सबै नगरपालिकाका र सम्बन्धित वडाहरूमार्फत कार्यक्रम बनाएर नीतिगत रूपमै अगाडि बढाउन सकिने कम्पनीको दाबी छ ।

आफ्नो वडामा दर्ता भएका सबै व्यावबसायी र नागरिकलाई अनुरोध गरेर यसलाई प्रयोग गर्न सकिने सञ्चालक भट्टराई बताउँछन् । कोरोना महामारीलाई दृष्टिगत गरी हालका लागि कम्पनीले निःशुल्क रूपमा यो एप उपलब्ध गराएको जानकारी दिएको छ ।

कसरी गर्ने प्रयोग

यसको प्रयोग कसरी गर्ने भन्ने एपमा नै उल्लेख गरिएको छ । यसको जानाकारीको लागि भन्ने बुँदामा गएर यसको प्रयोगबारे हेर्न सकिन्छ ।

हालको लागि एनरोड मोवाइलको लागि डाउनललोड गर्न सकिने भएपनि आइओएसको लागि पनि काम भैरहेको छ । यो एप्स यो एप्स https://play.google.com/store/apps/details?id=netsol.token.app मा गएर डाउनलोड गर्न सकिनेछ ।

एप चलाउनको लागि व्यवसायी र ग्राहक दुवैमा डाउनलोड भएको हुनु पर्नेछ । मा गएर डाउनलोड गर्न सकिनेछ । एप चलाउनको लागि व्यवसायी र ग्राहक दुवैमा डाउनलोड भएको हुनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here