भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

काठमाडौं, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भरतपुरस्थित कोरोना विशेष अस्पतालमा छापा हानेको छ ।

अस्पतालमा सरसामान कर्मचारीले नै चोरी गरेको आरोप लागेपछि मंगलबार अख्तियारले छापा मारेको हो ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । चैत २१ गते भरतपुर अस्पताल मातहत चलाउने सम्झौता भएकोले उक्त सामानहरु सार्न लागिएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here