बहराइनमा थप ७७ जना नेपाली कामदारमा कोरोना संक्रमण

काठमाडौं, १७ बैशाख । बहराइनमा एकैदिन थप ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ ।

यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय २६ पुगेको बहराइनस्थित नेपाली दूतावासाले जनाएको छ।

३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ हजार ८ सय १० जना रहेका छन् । जसमा ८ जनाको मृत्यु भएको छ।

मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । त्यस्तै कोरोना भाइरसको संक्रमण सम्बन्धमा सूचना संकलनका लागि ओमान दूतावासले अनलाइन फारम तयार पारेको छ।

ओमान बस्ने नेपाली श्रमिकहरुले आफ्नो जानकारी फारम भरेर दिनसक्ने दूतावासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here