छिमेकी देश भारतमा कोरोनाबाट एकैदिन ६९ जनाको मृत्यु, चीनमा शुन्यमा झर्‍यो

काठमाडौं, १७ बैशाख । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ३२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १८ सय ७३ जना संक्रमित थपिएका थिए।

मंगलबार थप ६९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महराष्ट्रमा रहेका छन्। त्यस्तै नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ।

त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here