चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो परीक्षण पनि पोजेटिभ

चितवन, १७ बैशाख । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ।

वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो।

संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छिन्। उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन्। आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो। उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएका थिए। काठमाडौँबाट ५ गते चितवन पुगेका थिए।

राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएन।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here