प्राइम बैंकको निष्क्रिय कर्जामा सुधार, खुद नाफा ३१.१९ ले बढ्यो

काठमाडौं, १७ बैशाख । प्राइम कमर्सियल बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३१.१९ प्रतिशतले बढाउन सफल भएको छ ।

कैलाश विकास बैंक, कन्काई विकास बैंक, ललितपुर फाइनान्सलगायत संस्था प्राप्ति गरेको प्राइमले नाफामा उल्लेख्य सुधार गरेको हो ।

बैंकले बुधबार प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आवको सोही अवधिको तुलनामा ४८ करोड २७ लाख रुपैयाँ बढी हो। बैंकले गत आवको यसै अवधिसम्ममा १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष यही अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ११७.१८ प्रतिशतले बढेको छ। यसअवधिमा बैंकको रिजर्भमा ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९.३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ। त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात (ईपीएस) १३.०२ गुणा रहेको छ।

बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा दर ०.९७ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा बैंकको यो दर १.५८ प्रतिशत रहेको थियो।

त्यस्तै बैंकको कष्ट अफ फण्ड ८.०३ प्रतिशत र आधार दर ९.८५ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here