काठमाडौं, १८ बैशाख । विश्भर कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ३२ लाख १८ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। २ लाख २८ हजार बढीले ज्यान गुमाइसकेका छन्।
संक्रमितमध्ये १० लाख ३२ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १९ लाख ९० हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित उपचारत छन्।
उपचारतमध्ये ५९ हजार ८ सय १८ जनाको अवस्था गम्भीर रहेको छ भने १९ लाख ३० हजार ३ सय ७ जनाको अवस्था सामान्य रहेको छ। कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् ।
जहाँ ६१ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ६३ हजार ३ सय ५१ रहेको छ ।