एनआईसीले शुरु गर्‍यो कोरोनाको सम्बन्धी बीमालेखको नयाँ पोर्टल

काठमाडौं,१८ बैशाख । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ ।

बैंकले कोरोना महामारीका कारण बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सहज बनाउन डिजिटल पोर्टल सञ्चालनमा ल्याएको हो ।

बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com) मार्फत नवीनतम प्रयोग थालेको हो ।

जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नेछन् ।

सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख रुपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रुपैयाँ रहेको छ ।

यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः एक हजार रुपैयाँ र ५ सय रुपैयाँ लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय रुपैयाँ र ३ सय रुपैयाँमा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here