भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो, एकैदिन १७ सय थपिए

काठमाडौं, १८ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १७ सय ३८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

मंगलबार भारतमा १९ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। अहिलेसम्म भारतमा ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here